कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको दोधारा-चाँदनीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको हो । दुर्घटनामा अर्का व्यक्ति घाइते भएका छन् ।
दोधारा-चाँदनी नगरपालिका-९ कालिकास्थित सडकमा सुपप्र ०२००४ प ०८४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार १७ वर्षीय करन चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए ।
मृतक चन्द वडा नम्बर ६ निवासी हुन् । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया