काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा समसाययिक राजनीतिक परिस्थिति, राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको बताइएको छ ।
राष्ट्रपति निर्वाचनका लागि मनोनयको दिन नजिकिँदै गर्दा राजनीतिक भेटवार्तापनि तिव्र बन्दै गएको छ । नेकपा (माओवादी केन्द्र ) ले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्दै आएको छ ।
यही फागुन १३ गते राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने कार्यतालिका रहेको छ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तय भएको छ ।
त्यस्तै ओलीले प्रचण्डलाई भेट्नुअघि चिनियाँ राजदूत छन् सङले प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । केही दिनअघि मात्रै चिनियाँ राजदूत सङले एमाले अध्यक्ष ओलीलाई पनि भेटेका थिए । राष्ट्रपतिको निर्वाचन भने फागुन २५ गते हुने तय भएको छ ।
प्रतिक्रिया