काठमाडौँ। उपत्यकामा अत्याधिक सवारी साधनको चाप र ध्वनी प्रर्दशनका कारण सडक फोहर र अव्यवस्थीत भएको देखिन्छ ।
त्यसैगरी सडक पेटीमा व्यवसाय गर्ने व्यापारीका कारण पनि फोहर हुने गरेको छ भने लामो समय सम्म पानि नपरेकाले सडकहरु धुलाम्य भएका छन् ।
महानगर पालिकाका कर्मचारीले आक्कल झुक्कल सडक पेटी सफा गर्ने गरे पनि सडकमा रहेका बोटविरुवाको हेरचाह कम गरेको देखिन्छ ।
अहिले विस्तारै गर्मी लाग्न थालेपछि सडक छेउछाउका बोटविरुवा पानी नपाएर ओइलाउन थालेकाले काठमाडौ महानगरपालिकाले सडकका बोट विरुवालाई टयाङकरबाट पानी दिन थालेको छ । अहिले मेलम्चीको पनि आइरहेकाबेला पानि दिन सहज भएको छ ।
यस कदमले केही हदसम्म सडक छेउछाउका बोटविरुवाको संरक्षण भइरहेको छ ।
प्रतिक्रिया