News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

अझै शून्यमा पुग्न सकेन चितवनमा डेंगु संक्रमण

321
SHARES


चितवन। जाडो सकिएर गर्मी सुरु हुन लाग्दा पनि चितवनमा डेंगीको अवस्था शून्यमा पुग्न सकेको छैन । गत असार दोस्रो साताबाट देखा परेको डेंगी असोज-कात्तिकमा उत्कर्षमा पुगेको थियो ।

पुस-माघमा पनि डेंगीका बिरामी फाट्टफुट्ट देखिइरहे । फागुनमा पनि डेंगीका संक्रमित पत्ता लागेको चितवन स्वास्थ्य कार्यालयले जनाएको छ ।

रत्ननगरमा एक जनालाई संक्रमणको गत शुक्रबार पुष्टि भएको भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताएका छन् । ‘यो वर्ष चितवनमा डेंगी संक्रमण धेरै नै देखियो ।

जाडोमा पनि फाट्टफुट्ट देखियो । फागुन लाग्दासमेत देखिन छाडेको छैन,’ उनले भने । बिगतमा वर्षा सुरु भएपछि गर्मीमा मात्रै संक्रमित देखा पर्थे ।

यो वर्षमा साउनयता हालसम्म चितवनका २ हजार २ सय ९४ जनामा संक्रमण पुष्टि भइसकेको उनले बताए  । अन्य जिल्लाबाट उपचार गराउन आउनेको संख्या जोड्दा संक्रमित ३ हजार ३ सय १० पुगेका छन् ।

चितवनका संक्रमितमध्ये ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । चितवनमा ३ वर्षअघि डेंगीले महामारीको रूप लिएको थियो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया