काठमाडौं । नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् । प्रहरी प्रधान कार्यालय पुगेर आज (बुधबार) उनले राजीनामा बुझाउने तयारी गरेका हुन् ।
सिंहले राजीनामा दिएमा भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन् ।
बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक-फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो । जन्ममिति विवाद सार्वजनिक भएपछि सिंह राजीनामा दिने तयारीमा लागेका श्रोको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । प्रहरी प्रधान कार्यालयको विवरणमा उनको नागरिकता अनुसार जन्ममिति २२ जेठ २०२४ हुने उल्लेख गरिएक छ ।
यस्तै, नेपालका लागि चिनियाँ राजदूत छेन् सङले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बोआओ फोरममा सहभागिताका लागि निम्तो सिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुगेर राजदूत सङले निमन्त्रणा गरेका हुन् । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार चैत १४ देखि १७ सम्म चीनको हैनान प्रान्तमा हुने बोआओ फोरमका लागि राजदूत सङले प्रचण्डलाई निम्तो दिएका हन ।
यो फोरममा प्रधानमन्त्री प्रचण्ड जाने वा नजाने भन्ने निर्णय मन्त्रिपरिषद्ले गर्ने छ ।
प्रतिक्रिया