• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    ५ सय ९९ डलरको आइफोन ६३ हजार ३ सय डलरमा बिक्यो

    535
    SHARES


    काठमाडौँ। अमेरिकाकी कारेन ग्रिनले सन् २००७ मै नयाँ आइफोन पाइन् । तर अन्य व्यक्तिले नगर्ने कार्य उनले गरिन्, त्यो केहो भने उनले उक्त आइफोनको डब्बा पनि खोलिनन् ।

    ग्रिनको फस्ट-जेनेरेसन आइफोन गत आइतबार अक्सनबाट ६३ हजार ३ सय ५६ अमेरिकी डलरमा बिक्री भएको बीबीसीले जनाएको छ । उक्त फोन ५० हजारसम्ममा बिक्री हुन सक्ने अनुमान गरिएपनि त्यो अपेक्षाभन्दा बढी मूल्यमा ब्रिक्री भएको छ ।

    ८ जिबीको उक्त आइफोनको वास्तविक मूल्य ५ सय ९९ डलर मात्र हो । खासमा पहिलो मोडेलको उक्त आइफोनलाई ओरिजिनल बक्समा जस्ताको त्यस्तै राखिएको थियो ।

    एलसीजी अक्सनका मार्क मोन्टेरोले सन् २००७ को आइफोनलाई डब्बा नै नखोली राख्नू भनेको आश्चर्यजनक कुरा भएको बताए ।

    ग्रिनलाई सन् २००७ मै एक साथीले उक्त आइफोन दिएका थिए तर उनीसँगै एउटा आइफोन भएका कारण उनले उपहारमा आएको फोनको डब्बा पनि खोलिनन् । ग्रिनका अनुसार आइफोन भएका कारण यो जहिले पनि प्रयोग गर्न मिल्ने अपेक्षासहित डब्बा पनि नखोली राखेकी थिइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ