• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भारतको कोठीमा बेचिएकी युवतीको उद्धार, होटल सञ्चालक दम्पति पक्राउ

    569
    SHARES



    काठमाडौँ। दाङमा एक युवतीलाई भारतको कोठीमा लगेर बेचेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा घोराही-१४ स्थित लखन पार्क नजिकै होटल सञ्चालन गरी बस्ने ५२ वर्षीय बिमुसा सार्की र उनकी श्रीमती ३९ वर्षीया टोपली सार्की रहेका छन् ।

    २० वर्षीया एक युवतीलाई रोजगारीको प्रलोभनमा भारतको कोठीमा लगेर बचेको आरोपमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले बताएका छन् ।

    प्रहरी प्रमुख वलीका अनुसार होटलकी सञ्चालक टोपलीले युवतीलाई भारतमा राम्रो काम लगाइदिने भनेर लोभ देखाएकी थिइन् । त्यसपछि उनलाई गत माघ २१ गते भारतको चन्ढिगढ पुर्‍याइयो । ‘राम्रो कमाइ हुने लोभ देखाएर बाँकेको नेपालगञ्जसँग जोडिएको भारतीय सीमा नाका रुपैडिहा हुँदै भारत पुर्‍याइएको रहेछ’ प्रहरी प्रमुख वलीले भने, ‘त्यहाँ कोठीको सञ्चालकसँग मोटो रकम लिएर युवतीलाई बेचिएछ ।’

    प्रहरी प्रमुख वलीका अनुसार १२ दिनसम्म युवतीलाई कोठीमा राखिएको थियो । पछि युवती बेचिएको खबर उनकी आमाले पाएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले उजुरीका आधारमा माघ २२ गते विभिन्न संघसंस्थाको समन्वयमा पीडित युवतीलाई कोठीबाट उद्धार गर्न सफल भयो ।

    पीडित युवतीको उद्धार गरेर फागुन ४ गते प्रहरीले होटल सन्चालक दम्पतीलाई पक्राउ गरेको हो । दुवै जनालाई अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका दम्पतीलाई मानव बेचबिखन तथा ओसारपसार -नियन्त्रण) ऐन २०६४ अन्तर्गत कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

    यस्तै, चीनसँग सीमाना जोडिएको भोटखोला गाउँपालिका-१, किमाथांकामा भोकमरी हुन नदिन खाद्यान्न वितरण गरिएको छ । भोटखोला-१ का वडाअध्यक्ष नुर्पु च्याबाले भोटखोला गाउँपालिका, १ नम्बर वडा कार्यालय र दाताहरुबाट सहयोग जुटाएर वडाबासीलाई खाद्यान्न चामाल, नुन, तेल लगायतका दैनिक उपभोग्य सामानहरु वितरण गरेको बताएका छन् ।

    भोटखोला गाउँपालिको तर्फबाट २ लाख १० हजार, पर्यटन व्यवसायी जेनजेन लामाबाट ३ लाख ५५ हजार र भोटखोला-१ वडा कार्यालयको तर्फबाट २ लाख गरि कुल ७ लाख ६५ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको उनले जानकारी गराए ।

    यस क्षेत्रमा आलु, मकै, गहुँ, जौ मात्रै उत्पादन हुने भएकाले खाद्यान्न किन्न चिनियाँ बजार नै जानु पर्ने बाध्यता रहेको छ । तर लामाे समयदेखि चिनियाँ नाका बन्द भएकाले समस्या भएपछि खाद्यन्न वितरण गरिएकाे हाे ।

    सदरमुकाम खाँदबारीबाट १ सय ६२ किमि उत्तरमा किमाथाँका गाउँ पर्दछ । किमाथाँका गाउँको पारिपट्टि चीनको देदाङ्ग, रियू र चाँगा बजार रहेको छ । बीचमा मितेरी पुलले मात्रै नेपाल र चीनको सीमाना छुट्ट्याएको छ । किमाथांका नाका चीन सरकारले कोभिड १९ को कारण देखाउँदै २०७६ माघ ५ गते बन्द गरेको थियो ।

    प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पटक-पटक जिल्ला प्रशासन कार्यालय खाँदबारीमा राजनैतिक दलसहितका सर्वदलीय बैठकले किमाथांका नाका खुलाउन पहल गर्ने निर्णय गर्दै आएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया