• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सर्लाहीमा एक स्कुल बस तोडफोड, के हो कारण ?

    466
    SHARES


    काठमाडौँ। बिदाको दिन चलाएको भन्दै सर्लाहीमा एक स्कुल बसमा आक्रमण भएको छ ।

    सर्लाहीको हरिवन नगरपालिका ४ सासापुरस्थित गणेश चोकमा मंगलबार एक स्कुल बसमा आक्रमण भएको हो ।

    लालबन्दी नगरपालिका एक नवलपुरमा रहेको पिस जोन अङ्ग्रेजी आवासीय विद्यालयको ना १ क ८८३४ नम्बरको बसमा मंगलवार आक्रमण भएको हो ।

    सरकारले दिएको सार्वजनिक बिदालाई अटेर गरी विद्यालय र स्कुल बस संचालन गरेको भन्दै जनजाति युवा महासंघ सर्लाहीका कार्यकर्ताले स्कुल बसमा ढुङ्गा प्रहार गरेको जनाइएको छ ।

    ढुङ्गा प्रहारबाट स्कुल बसका सिसाहरु फुटेका छन्र भने बसमा सामान्य क्षति भएको पनि जनाइएको छ । प्रहरीले स्कुल बस तोडफोडमा संलग्नको खोजी भइरहेको बताएको छ ।

    सरकारले मंगलवार शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिएको भएता पनि रौतहट, सर्लाही लगायतका जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश संस्थागत विद्यालयहरू भने बन्द भएका थियनन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ