• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    क्रिकेट खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

    476
    SHARES


    काठमाण्डौ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मङ्गलवार भएको आईसीसी क्रिकेट विश्व कप लिग-टु मा सफलता हासिल गरेकोमा क्रिकेट खेलाडीलाई बधाई दिएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत आईसीसी क्रिकेट विश्व कप लिग–२ च्याम्पियन स्कटल्यान्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पारेकोमा बधाई दिएका हुन् ।

    उनले भने, ‘आईसीसी क्रिकेट विश्व कप लिग-२ च्याम्पियन स्कटल्यान्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ