काठमाडौँ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरमा रहेको गण्डक नहरमा एक महिला दुई छोरासहित हाम फालेकी छन् ।
मंगलबार दिउँसो नहरमा हामफालेकी २९ वर्षीया प्रतिमा थारु र उनका दुवै छोरा अझै फेका परेका छैनन् । प्रतिमा नौ वर्षीय छोरा क्रिस र सात वर्षीय छोरा सुमितसहित हाम फालेकी थिइन् ।
बेपत्ता भएका तीनैजनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव निरीक्षक विनोद सिलवालले बताए ।
प्रतिक्रिया