News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय

रुसले अमेरिकासँगको नयाँ स्टार्ट सन्धिमा सहभागिता तोड्दै

439
SHARES


मस्को। रुसले संयुक्त राज्य अमेरिकासँगको नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) मा आफ्नो सहभागिता तोड्न लागेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले संघीय सभालाई आफ्नो वार्षिक सम्बोधन गर्ने क्रममा सो धारणा राखेका हुन् । विस्तृत विवरण आउन बाँकी छ ।

यस्तै, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्धको वर्ष दिन पूरा भएके अवसरमा आफ्ना देशवासीलाई सम्बोधन गरिरहेका छन् ।

मस्कोको गोस्टिनी डावर हलमा भइरहेको उनको सम्बोधन सुन्नका लागि थुप्रै मन्त्री र अधिकारी उपस्थित छन् । यो अवसरमा रुसी संसदका थुप्रै सदस्य उपस्थित रहेका छन् । भ्लादिमिर पुटिनले आफ्नो सम्बोधन सुरु गर्ने बित्तिकै मानिसहरू उनको सम्मानमा उभिए ।

पुटिन भन्छन् ‘यो समय हाम्रो देशका लागि जटिल र चुनौतीपूर्ण छ र यस बीचमा यो संसार द्रुत रूपमा परिवर्तन हुँदै छ । ऐतिहासिक घटनाहरूले हाम्रो देशको भविष्य निर्धारण गर्नेछ र हामी सबै ठुलो जिम्मेवारीमा बाँधिएका छौँ र युक्रेनमा रुसको आक्रमण ‘विशेष अभियान’ हो । रुस निरन्तर नाजी खतरासँग जुधिरहेको थियो । युक्रेन सरकारले पनि रुसप्रति घृणा र खतरालाई निरन्तर बढाइरहेको थियो । यस्तै युक्रेन रुस आएर सहयोग गरोस् भनेर पर्खिरहेको थियो ।’ उनले भने ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया