काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ ।
किर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनायो ।
उसका लागि जर्ज मुन्शेले ६०, म्याथ्यु क्रसले ४२, ब्रेण्डन म्याकमुलेनले ३१, काइल कोट्जर र क्रिसटोफर म्याकब्राइडले २२–२२ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले ४, करण केसीले ३, कुशल मल्ल र ललित राजवंशीले १-१ विकेट लिए । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
नेपालले तेस्रो विकेट भने गुमाएको छ । १०.३ ओभरमा ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भएका छन् । लगातार विकेट गएपछि नेपाल दबाबमा परेको छ । यो समाचार तयार पार्दासम्म नेपालले १२ ओभरमा ३ विकेट गुमाएर ३७ रन बनाएको छ ।
नेपालले दुबै ओपनर गुमाएको छ । २.१ ओभरमा ओपनर कुशल भुर्तेललाई १ रनमै गुमाएको नेपालले ६.५ ओभरमा आशिफ शेखलाई पनि १२ रनमा गुमाएको हो । यो समाचार तयार पार्दासम्म नेपालले ७ ओभरमा २ विकेट गुमाएर १९ रन बनाएको छ ।
प्रतिक्रिया