• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पोखरा विमानस्थल नजिकै जहाजमा ठोक्कियो चरा

    2.9K
    SHARES



    काडमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उडिरहेको जहाजमा चरा ठोक्किएको छ । बुद्ध एयरको जहाज विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    फेसबुकमा ‘इस्यू ब्रो’ नामक प्रयोगकर्ताले यो भिडियो अपलोड गरेका छन् । उनले भिडियोमा उल्लेख गरेजस्तै पोखरा विमानस्थलको नजिक चराको गतिविधि अत्यधिक हुने गरेको छ । यसले उडान सुरक्षालाई चुनौती दिइरहेको छ ।

    भिडियोमा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, ‘प्लेन खस्नु भन्दा त चिल नै खसेको ठिक हो नी ।’ केही प्रयोगकर्ताले पोखरा महानरगपालिकाका मेयर धनराज आचार्यलाई मेन्सन गर्दै फोहोर व्यवस्थित बनाउन जोड दिन अनुरोध पनि गरेका छन् ।

    बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले आफूले पनि यो भिडियो सामाजिक सञ्जालमा देखेको भन्दै यसलाई गम्भीर रुपमा लिनु पर्ने बताए ।

    ‘चराको यति बाक्लो गतिविधि हवाई सुरक्षालाई चुनौती हो,’ उनले भने, ‘यसलाई गम्भीर रुपमा लिनुपर्छ ।’

    तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रम गौतमले भने यो घटनाबारे विमानस्थलमा कुनै औपचारिक रिर्पोटिङ नआएको बताए।

    उनले पोखरा विमानस्थल नजिकै चराको गतिविधि देखिनु सामान्य भएको समेत बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ