• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको लक्ष्य, सन्दीपले लिए सर्वाधिक ४ विकेट

    1.1K
    SHARES



    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डलाई २१२ रनमा अलआउट गरेको छ ।

    नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै १० विकेट गुमाएर २१२ रन बनाएको हो ।

    स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए भने म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकुलेनले ३१ रन जोडे । काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन बनाए ।

    नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए ।

    पहिले ब्याटिङमा आएको स्कटल्याण्डले राम्रो सुरुवात गरेको थियो । काएल कोएत्ज र जर्ज मुन्सीले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे ।

    पहिलो खेलमा नामिबिया विरुद्ध शतक बनाएपछि दुई खेलमा बेन्चमा बसेका बर्थडे ब्वाए मुन्सीले नेपाल विरुद्ध आक्रमक ब्याटिङ गर्दे ६० रन बनाए । त्यसका लागि उनले ५० बल खेल्दे ९ चौका र २ छक्का प्रहार गरे ।

    कप्तान रोहितले आठौं ओभरमै स्पीनर सन्दीपलाई बल थमाए । सन्दीपले उक्त ओभरमै कोएत्जर र मुन्सीको साझेदारी ब्रेक गरे । सन्दीपले कोएत्जरलाई एबलीडब्लु शिकार बनाए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ