• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कम्बोडियाबाट चोरिएका प्राचीन राजमुकुट र आभूषण बेलायतमा फेला

    576
    SHARES


    काठमाडौँ। कम्बोडियाको एङ्कोरबाट चोरिएका प्राचीन राजमुकुट र आभूषण बेलायतमा फेला परेका छन् । तीमध्ये केही सातौँ शताब्दीका रहेको खुलेको छ । ती सामग्रीहरू पुरातात्त्विक वस्तुको तस्करी गर्ने बेलायतको डग्लस ल्याच्फर्डको स्वामित्वमा रहेका थिए ।

    फेला परेका आभूषणहरूको सङ्ग्रह गोप्य रूपमा कम्बोडियाको राजधानी फिर्ता पठाइएको बीबीसीले जनाएको छ । अब ती पुरातात्त्विक वस्तुहरू कम्बोडियाको राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शनीमा राखिनेछ । अमेरिकामा मुद्दाको सुनुवाइको पालो कुर्दाकुर्दै ल्याच्फर्डको सन् २०२० मा ज्यान गएको थियो । उनको परिवारले कम्बोडियाबाट चोरिएका ती वस्तुहरू फिर्ता गर्ने वचन दिएको थियो ।

    कम्बोडियाको अनुसन्धान टोलीका प्रमुख ब्रायड गोर्डनले गएको वर्ष बेलायतको भ्रमण गर्दा पहिलो पटक ती प्राचीन आभूषणहरू देखेको बताएका छन्। राजमुकुट र रत्नजडित ७७ वटा विभिन्न आभूषण फेला परेका उनको भनाइ छ । ती आभूषणहरू कसरी र कहिले हराएका थिए तथा कसरी बेलायत पुगे भन्ने बारेमा भने स्पष्ट भैसकेको छैन ।

    कम्बोडिया फ्रान्सको उपनिवेश हुँदा एङ्कोरमा ठूलो लुटपाट भएको थियो । कम्बोडियाका अधिकारीले एङ्कोरबाट हराएका अझ धेरै आभूषणहरू फेला पर्न बाँकी नै रहेको बताउने गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ