News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

गैँडाको आक्रमणबाट ६० वर्षीय तामाङको मृत्यु

393
SHARES


चितवन। पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार मंगलवार बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर-९ लालपर्सा नजिक उनलाई गैँडाले आक्रमण गरेको हो ।

बिहान ६ बजे तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैँडाको आक्रमण गरेको देखिएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले बताएका छन् ।

चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणमा परि जिल्लामा पाँच जनाले ज्यान गुमाएका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया