• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    आईसीसी विश्वकप लिग २ : स्कटल्यान्डविरुद्ध बलिङ गर्दै नेपाल

    1.1K
    SHARES



    काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको घरेलु मैदानमा जारी त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिलो बलिङ गर्दै छ ।

    त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौड्यलले टस जितेर स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।

    आजको खेलमा नेपाल जित निकाल्दै घरेलु मैदानमा भएका यस सिरिजका सबै खेलहरू जित्ने योजनमा रहेको छ ।

    यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो भने नामिबियाविरुद्धका दुबै खेलहरू जितेको थियो ।

    मंगलबार स्कटल्यान्डलाई हराउन सकेमा नेपालले आफ्नो एकदिवसीय क्रिकेटको इतिहासमा पहिलो पटक लगातार चौथो खेल जित्नेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ