काठमाडौँ। सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणको उपाधिका लागि हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दी क्लब भिड्ने भएका छन् ।
बागमती प्रदेशको राजधानी हेटौँडामा सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा विदेशी क्लब एभिनियर एफसी क्यामरुनलाई रोक्दै हिमालयनले मनाङसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
क्यामरुनी क्लब एभिनियर हिमालयनसँग १-० गोल अन्तरले रोकियो भने यसअघि आइतबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दीले फाइनलमा स्थान बनाइसकेको छ ।
हिमालयनको जितका लागि एक मात्र गोल सुनील श्रेष्ठले गरे र उनले खेलको ५३ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा दुवैले पटकपटक प्रयास गरे पनि खेल १–० मै सकिएको हो ।
प्रतिक्रिया