News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

हात्तीको आक्रमणबाट घाइते राधाको उपचारकै क्रममा मृत्यु

2.8K
SHARES


हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको मसिनेमा जंगली हात्तीको आक्रमणमा परी घाइते भएकी महिलाको मृत्यु भएको छ ।

सोमबार बिहान करेसाबारीमा काम गर्दै गरेकी मनहरी गाउँपालिका-४, मसिनेकी ६४ वर्षीया राधा अधिकारी हात्तीको आक्रमणबाट घाइते भएकी थिइन् ।

अधिकारीको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । आक्रमणपछि गम्भीर घाइते अधिकारीलाई चुरेहिल अस्पताल हेटौंडा ल्याइएको थियो ।

अस्पतालले थप उपचारका लागि दिउँसो चितवन रेफर गरेको थियो भने  हात्तीको आक्रमणपछि आक्रोशित बनेका स्थानीय बासिन्दाले मनहरी-३ मा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा आज दिउँसो तोडफोड र आगजनी समेत गरेका थिए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया