• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    धरान-धनकुटा सडकमा कार दुर्घटना, ३ जना घाइते

    809
    SHARES


    धनकुटा। कोसी राजमार्गको धरान-धनकुटा सडक अन्तर्गत धनकुटा ६ सल्लेरीमा सोमबार अपराह्न बा १५ च ५२०४ नम्बरको कार दुर्घटना हुँदा चालक र अन्य दुई यात्रु घाइते भएका छन् ।

    तेह्रथुमको छथरस्थित सुक्रबारेबाट धरानतर्फ जाँदै गरेको उक्त कारमा सवार चालक र दुई यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइते हुनेमा चालक धरान उपमहानगरपालिका ५ का गुणराज लिम्बु, तेह्रथुमको छथर गाउँपालिका ६ का कुसुम लिम्बु र सकुन्तला लिम्बु रहेको खबर प्राप्त भएको छ ।

    सरस्वती चोकमाथिको घुम्तीमा मोड्न नसक्दा कार सडकबाट करिब २० मिटर तल भीरमा रहेको रुखमा कार अड्किएर रहेको छ ।

    घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज सुरेन्द्र खड्काले बताए । पहाडको घुम्तीमा तीव्र गतिमा सवारी गुडाउँदा दुर्घटना भएको हुनसक्ने इनको भनाइ छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ