• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    सुदुरपश्चिम

    पुल निर्माणको काम ३ वर्षदेखि अलपत्र, स्थानीयको आस निरासामा परिणत

    524
    SHARES


    अछाम। अछामको कमलबजार नगरपालिका वडा नः १ र ३ जोड्ने झुलुङ्गे पुल ३ वर्षदेखि निर्माण अलपत्र हुँदा स्थानीयलाई सास्ती भएको छ ।

    वर्षायाममा खोलामा पानीको बाहाव बढेपछि खोला तर्न समस्या भोग्नुपरेका स्थानीयहरु पुल बन्ने भएपछि खुसी देखिएका थिए ।

    विडम्बना पुल निर्माणका लागी सामाग्री पुगेको झण्डै ३ वर्ष पुग्दा पनि पुल निर्माणको काम सुरु हुन नसक्दा खुसी भएका वडा नः १ र ३ का स्थानीयले पुरानै समस्या भोग्दै आएका छन ।

    हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कमलबजार नगरपालिकाले निर्माण गर्न लागेको झुलुङ्गे पुल निर्माणको काम सुरु हुन नसकेपछि स्थानीयहरु आक्रोशित बनेका छन ।

    यसअघि वर्षायामको समयमा सास्ती खेप्दै आएका स्थानीयलाई फेरी वर्षायाम नजिकै आउन लाग्दा वडावासी पिरलोमा परेका वडा नः ३ का अध्यक्ष नन्दसिंह कुँवरले बताए । निर्माणका लागी सामाग्री निर्माणस्थल पुगेको भएपनि अहिलेसम्म अलपत्र अवस्थामा रहेको छ ।

    १ सय २५ मिटर लम्बाइ रहेको उक्त पुल निर्माण सम्पन्न भएको भए खोला वारपार गर्न स्थानीयलाई सहज हुने थियो । सुरुमा १ सय २० मिटर लम्बाइ इस्टमेट रहेको उक्त पुल निर्माण सुरु नहुँदै वडा नः ३ तर्फको भागमा पहिरो गएपछि ५ मिटर लम्बाइ बढेको वडा अध्यक्ष कुँवरले बताए ।

    यता उपभोक्ता समितिका अध्यक्ष कमल बहादुर बिकले विविध कारणवश पुल निर्माणको काम सुरु हुन नसकेको स्विकार्दै चाँडै पुल निर्माणको काम सुरु गरिने बताएका छन । झण्डै ६० लाखको लागतमा खरिद गरिएको पुलको सामान ३ वर्षदेखि अलपत्र अवस्थामा रहेको उनले स्विकारगरेका छन् ।

    समानको संरक्षणका अहिलेसम्म कसैले ध्यान नदिएको पाइएको छ । ३ वर्षसम्म अलपत्र रहेको सामान चोरी समेत भए नभएको कसैले यकिन नगरेको उनको भनाइ छ ।

    समाजसेवाका लागी सक्रिय आफू पुलको निर्माणको जिम्मेवारी लिएर समयमै काम सुरु गर्न नसकेको प्रति आफूलाई हीनताबोध हुन थालेको पनि उनले बताए । आफूले अहिलेपनि काम सुचारूका लागी पहल गरिरहेको भन्दै उनले छिट्टै काम सुरु गरिने पनि बताएका छन् ।

    सामाग्री सहयोग गरेको हेल्भेटास नेपालले पहिरो गएको स्थानमा ग्याभिन जालीको व्यवस्था नभएसम्म काम सुरु गर्न नसकिने समिति अध्यक्ष बिकको भनाइ छ ।

    पहिलाको इस्टमेट भन्दा पुलको लम्बाइ बढेकाले सामाग्री थप्नुपर्ने भन्दै हेल्भेटासले स्थानीय सरकारले जाली सहितको पर्खाल निर्माण गरिदिए आफू चाँडै काम सुरुगर्ने बताएको उनको भनाई छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ