• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राष्ट्रपति निर्वाचनका लागि बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    740
    SHARES



    काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

    नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

    सोमबार निर्वाचन अधिकृतको कार्यालय उद्घाटन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गरेका छन् ।

    राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिदै छ । त्यसको ४ दिनअघि निर्वाचन हुन लागेको हो ।

    उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।

    राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेशसभा सांसदले मतदान गर्नेछन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया