News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

एमालेलाई विश्वप्रकाशको प्रश्न : एक पटकको भत्ताले जिन्दगीभर सत्ता ?

389
SHARES


सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेले सामाजिक सुरक्षा भत्तालाई हतियार बनाएर मत माग्ने गरेको टिप्पणी गरेका छन् ।

उनले एमालेले सुरुवात गरेपनि त्यसलाई १ सय बाट ३ सय बनाउने पार्टी कांग्रेस भएको बताएका छन् । कांग्रेसले आफुले गरेको काम जनतामा बुझाउन नसकेको समेत उनले बताएका हुन् ।

सोमबार पश्चिम सुर्खेतको पञ्चपुरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले भने, ‘एक पटकको भत्ताले जिन्दगीभर सत्ता ?’

शर्माले ३ सयदेखि ५ सय र २ हजारसम्म कांग्रेसले भत्ता बढाएको बताउँदै कांग्रेसले आफुले गरेको कामको भाग खोज्नुपर्ने तर्क राखे ।

‘समाजमा केही हुन सकेन भन्ने खालको कुराले जनतामा असन्तुष्टि पैदा गर्छ,’ शर्माले भने, ‘आफुले गरेका कामहरुलाई जनताको बीचमा बुझाउन सक्नुपर्छ ।’ शर्माले अब कांग्रेस नवीनतम तरिकाले अघि बढ्नुपर्ने र बहुमत ल्याउनेगरी लाग्नुपर्ने सन्देश दिएको पनि बताए ।

यो पटक सबैभन्दा ठुलो पार्टी भएर पनि आफ्नै कमजोरीका कारण सत्तामा पुग्न नसकेको बताउँदै उनले भने, ‘अब कांग्रेसलाई बदल्नुपर्छ, बदल्छौं र देशभरीबाट बहुमत ल्याएर आगामी दिनमा सिंहदरबारको नेतृत्व गर्नेगरि जानुपर्ने मनोविज्ञान आम कार्यकर्ताले बनाउनुपर्छ ।’

 

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया