News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

ओखलढुंगामा सीडीओ र सहायक सीडीओ दुवैजना महिला

3.6K
SHARES


काठमाडौं । ओखलढुंगामा दोस्रो पटक प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) महिलाले सम्हालेका छन् । हाल त्यहाँ उपसचिवद्वय प्रदर्शनी कुमारी सीडीओ र सन्ध्या सिग्देल सहायक सीडीओ रहेका छन् ।

कुमारीलाई गृहमन्त्रालयले माघ ११ गतेदेखि प्रजिअको जिम्मेवारी दिएको हो भने सिग्देल करिब १ वर्षदेखि सहायक सीडीओ रहेकी छिन् ।

ओखलढुंगामा पहिलो महिला सीडीओको रूपमा उपसचिव मुनका न्यौपाने थिइन् । २०७५ साउन १६ देखि २०७५ चैत १७ सम्म ८ महिना उनले प्रजिअको जिम्मेवारी सम्हालेकी थिइन् ।

त्यसपछि दोस्रो महिला सीडीओको रूपमा २०७७ फागुन २० देखि २०७८ पुस २६ सम्म उपसचिव बन्दना राई सीडीओ थिइन् ।

राईको पालामा पहिलोपटक सीडीओ-सहायक सीडीओ दुवैजना महिला थिए । यद्यपि उपसचिवले सहायक प्रजिअ सम्हालेको यो पहिलो पटक हो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया