• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    फेरि बढाइदै दुधको मुल्य

    1.4K
    SHARES



    काठमाडौं। दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी भएको छ । उद्योगीहरुले दुधको मुल्य बढाउन यस्तो प्रस्ताव गरेका हुन् ।

    दूधको मूल्य बढाउनका लागि दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन,डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको आग्रहअनुसार राष्ट्रिय दुग्ध विकास बोर्डले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रस्ताव राखेको हो ।

    राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यबाहक कार्यकारी डा. बालक चौधरीले अहिले आफूहरुले मूल्य बढाउनका लागि मन्त्रालयलाई सिफारिस गरेको र मन्त्रालयले निर्णय गरेपछि मात्रै मूल्यवृद्धि लागू हुने बताएका छन् ।

    ‘हामीले १० रुपैयाँ बढाउने भनेर कुषि तथा पशुपंक्षी मन्त्रालयलाई प्रस्ताव राखेका छौँ । अब मन्त्रालयले स्वीकृति दिएपछि दूधको मूल्य बढ्छ,’ उनले भने ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया