• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ६४ वर्षीय राधा हात्तीको आक्रमणबाटघाइते, निकुञ्जको पोष्ट तोडफोड

    597
    SHARES


    मकवानपुर । जंगली हात्तीको आक्रमणबाट मनहरीमा एक वृद्धा घाइते भएकी छन् । मनहरी गाउँपालिका-४ मसिनेमा सोमबार बिहान करेसाबारीमा काम गरिरहेकी ६४ वर्षीय राधा अधिकारीलाई हात्तीले आक्रमण गरेको स्थानीय श्रीकृष्ण ढकालले जानकारी दिए ।

    घाइते अधिकारीको हेटौंडा-११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । यसअघि पनि सो क्षेत्रमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको थियो ।

    हात्तीले वृद्धालाई आक्रमण गरेसँगै आक्रोशित स्थानीयले मनहरी गाउँपालिका-३, लामिटारस्थित पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड गरेका छन् ।

    हात्ती नियन्त्रणमा बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । आक्रोशित स्थानीयले सेनाले प्रयोग गर्दै आएको गाडी, कार्यालय र गोलघरमा तोडफोड गरेका हुन् । केही दिन अघिदेखि मनहरी गाउँपालिकाको क्षेत्रमा जंगली हात्तीले आतंक फैलाइ रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ