• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    नामिबियालाई स्कटल्यान्डद्वारा २२२ रनको लक्ष्य

    724
    SHARES



    काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालका लागि त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दिएको छ ।

    स्टकल्यान्डले ४८ ओभर ४ बलमा अल आउट हुँदै २२१ रन बनायो । स्कटल्यान्डका लागि क्रिटोफर म्याकब्रिडले सर्वाधिक ४७ रनको योगदान गरे ।

    त्यस्तै टमस म्याकिन्टोसले ३४ बनाउँदा कप्तान रिचि बेरिङ्टनले ३२ जोडे । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक पाँच विकेट लिए । उनले ९ ओभर ४ बल बलिङ गर्दै ३० रन खर्चिएर ५ विकेट लिए । ट्याङ्नी लुङ्मिनीले २ विकेट लिए ।

    आजको खेलमा नामिबिया जित निकाल्दै सिरिजको अन्त्य गर्ने योजनामा छ । नामिबियाले नेपालमा भएको सिरिजमा तीन खेलमा हार बेहोरेको छ ।

    स्कटल्यान्डको सिरिजमा दोस्रो जित निकाल्ने योजनामा छ । नेपालसँग पराजित स्कटल्यान्ड नामिबियासँग भने पहिलो खेलमा जित निकालेको थियो ।

    विश्वकप लिग टू मा स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ