• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अहिले कांग्रेसले राष्ट्रपतिका निम्ति प्रचण्डसँग कान समातेर उठबस गरिरहेको छ : सूर्य थापा

    720
    SHARES



    काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा माधवकुमार नेपाललाई अघि सार्नै नसक्ने दाबी गरेका छन् ।

    काठमाडौँमा एक पत्रकासंग कुरा गर्दै थापाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम अघि सार्ने भन्ने कुरा चालबाजी मात्र भएको टिप्पणी गरे ।

    उनले भने, ‘आजको मितिसम्म पार्टी विभाजनकारी माधव नेपालले कुन रियलाइजेसन गर्नुभएको छ र ? एमालेले कुनै खेताला राष्ट्रपति होइन, आफ्नो पार्टीकै उम्मेदवारलाई राष्ट्रपति बनाउँछ । सबै चिज आजको स्थितिमा रहेको अवस्थामा त्यो सम्भव छैन ।

    प्रचण्डले माधव नेपालको नाम लिनुभयो कि लिनुभएन ? न प्रचण्डले भन्नुभएको छ, न शेरबहादुरले भन्नुभएको छ । तपाईंहरूले नै न्युजको स्कोप बनाउन खोजेको हो कि ?’

    एमाले नेता थापाले कांग्रेसले राष्ट्रपतिका निम्ति प्रचण्डसँग कान समातेर उठबस गरिरहेको आरोप लगाए । उनले भने, ‘कांग्रेसले राष्ट्रपतिका निम्ति प्रस्ताव राख्नु कुन आश्चर्य भयो र ? प्रधानमन्त्रीको समय लियो होला, अनेक याचना, अनुनय, विनय गर्यो होला ।

    केही जानेनौं, बिरायौं भनेर कान समातेर उठबस गर्‍यो होला । राष्ट्रपति मछली बजारमा बिक्रीमा राखिएको पद हो र ?’ उहाँले राष्ट्रपति संस्थालाई नै बदनाम गर्ने षडयन्त्र भइरहेको आरोप पनि लगाए । साथै उनले प्रधानमन्त्री प्रचण्डलाई दुइटा नाउमा खुट्टा हाल्दा दुर्घटनामा पर्ने चेतावनी पनि दिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया