काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको छ ।
उनीसँगै मुम्बईमा रहेका माधव न्यौपानेले जानकारी गराएअनुसार उनलाई ट्रायलका रुपमा भेन्टिलेटर हटाईएको छ ।
सबै स्वास्थ्य पारामिटर नर्मल रहेको चिकित्सकहरुले बताइरहेका छन् ।
ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका भण्डारीको थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ भने केही दिनअघि भण्डारीले दुवै खुट्टाको अप्रेसन भएको थियो ।
प्रतिक्रिया