News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

राष्ट्रपति बन्न ठाकुर पनि सक्रिय

478
SHARES


काठमाडौँ। सत्तारूढ गठबन्धनका प्रमुख दुई दल नेकपा (एमाले) र माओवादी केन्द्रबीच नयाँ राष्ट्रपतिको उम्मेदवारलाई लिएर चिसोपना बढ्दै गएका बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले राष्ट्रपतिको उम्मेदवार बन्न सक्रियता बढाएका छन् ।

दुई दलको विवादबीच आफू राष्ट्रपति बन्न सक्ने सम्भावना रहेको औल्याउँदै उनले राजनीतिक भेटघाटलाई तीव्रता दिएका हुन् ।

ठाकुरनिकट तथा जसपा कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार पछिल्लो साता ठाकुरले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल तथा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव नेपालसँग समेत सो विषयमा कुराकानी गरिसकेका छन् ।

लोसपाले राष्ट्रपति पदमा ठाकुरलाई अघि सार्ने तयारीसमेत गरेको छ भने यसबारे निर्णय लिन लोसपाले यही फागुन १० गते कार्यकारिणी समितिको बैठक बोलाएको छ।

त्यो बैठकले ठाकुरलाई राष्ट्रपति पदमा अघि सार्ने निर्णय गर्ने झाले बताए । ‘उहाँ (ठाकुर) ले जीवनमा ठुलो राजनीतिक योगदान र त्याग गर्नुभएको छ ।

आफूमा भएका अनुभव, निष्ठा, इमानदारीलगायत विभिन्न कारणले अहिलेको सन्दर्भमा राष्ट्रपतिका लागि सबैभन्दा उपयुक्त व्यक्ति ठाकुरज्यू नै हुनुहुन्छ,’ झाले भने, ‘पछिल्लो १५ वर्षदेखि ठाकुर सार्वजनिक लाभको पदमा बस्नुभएको पनि छैन ।

केहीलाई मन्त्री बनाउनुभयो, केहीलाई सांसद बनाउनुभयो तर उहाँ आफू लाभको पदमा जानुभएन। त्यसैले यसपटक राष्ट्रपतिमा पार्टीहरूले उहाँलाई अघि सार्नुपर्छ।’

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया