News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

देवघाटको बाख्रा फार्ममा आगलागी, ३२ लाख बराबरकाे क्षति

419
SHARES


तनहुँ।  तनहुँको देवघाट गाउँपालिका-५ मा बाख्रा फार्ममा आगलागी हुँदा ३२ लाख बराबरको क्षति भएकाे छ । स्थानीय बुद्धिप्रसाद उपाध्यायले सञ्चालन गरेको भट्टराई कृषि तथा बाख्रा फार्ममा गएराति आगलागी भएकाे हाे ।

आगलागीबाट चार वटा बाख्रा जलेर मरेका छन् भने अठार वटा बाख्रा जलेर घाइते भएका प्रहरीले जनाएको छ । बाख्राको गोठ, पराल, दाना, चोकरलगायतका सामान पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी प्रमुख कृष्णबहादुर बानियाँले जनाएका छन् ।

फार्ममा ६२ वटा बाख्रा, पाँचवटा भैँसी, चारवटा गाई रहेका थिए । प्रहरीका अनुसार गएराति साढे एक बजेदेखि लागेको आगो भरतपुर महानगरपालिकाबाट आएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ३ बजे मात्रै निभाइएकाे हाे ।

करिब १४ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र सिङ्गापुर बसेर फर्किएका उपाध्यायले झन्डै ३ वर्षदेखि फार्म सञ्चालन गर्दै आएका थिए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया