काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको निर्वाचनका लागि सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रपतिको मनोनयनको २ दिन अगाडि सर्वदलीय छलफल बोलाउने तयारी भएको छ ।
राष्ट्रपतिका लागि सत्तागठबन्धनको प्रमुख घटक एमाले आफूले राष्ट्रपति पाउनुपर्ने भन्दै आएको छभने माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपति खोज्नु पर्ने बताउँदै आएको छ । त्यस्तै संसद्को ठूलो दल कांग्रेसले पनि राष्ट्रपति आफूले पाउनुपर्ने भन्दै आएको छ ।
प्रतिक्रिया