• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अबको राष्ट्रपति कांग्रेसबाटै हुन्छ : विश्वप्रकाश शर्मा

    693
    SHARES



    सुर्खेत। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको राष्ट्रपति आफ्नो पार्टीबाट बन्ने दाबी गरेका छन्  ।

    नेपाली कांग्रेस सुर्खेतले आज आइतवार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरेका हुन् ।

    शर्माले भने, ‘राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन ।’ महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रूपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वाभाविक रहेको पनि बताएका हुन् ।

    पहिलो दल कांग्रेसले सरकार गठन गर्नुपर्ने भए पनि केही त्रुटिका कारण बाहिर बस्नुपरेको उल्लेख गर्दै शर्माले त्यसमा कसले के कति गल्ती गर्‍यो भन्ने विषय पार्टीको छलफलको विषय रहेको बताएका हुन् । अबको केही दिनमा पुरानै गठबन्धन बिउँतिने उनको भनाइ छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया