• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    टर्की भूकम्प : भत्किएका संरचनामा परेकाहरूको खोजी र उद्धार कार्य सकियो

    1.2K
    SHARES



    काठमाडौँ।  टर्कीमा गएको भूकम्पका कारण भत्किएका संरचनामा परेकाहरूको खोजी र उद्धार कार्य सकिएको छ ।

    गएको माघ २३ गते गएको भूकम्पमा परेकाहरूको खोजी कार्य सकिएको टर्की सरकारलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

    भूकम्पमा परेर टर्कीमा ४० हजार ६ सय ४२ जनाको ज्यान गएको छ । टर्कीकाे सीमामा रहेको सिरियामा भने यसअघि नै खोजी कार्य सकिएको घोषणा भएको थियो ।

    सिरियामा ५  हजार ८  सय जनाभन्दा धेरैको ज्यान गएको छ । टर्की भूकम्पका कारण दुवै देशमा गरी ज्यान गुमाउनेको सङ्ख्या ४६ हजार नाघेको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले दुवै देशमा गरी २ करोड ६० लाख जनाभन्दा धेरै मानिसलाई तत्काल राहत आवश्यक रहेको जनाएको छ ।

    टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर गएको ७.८ र ७.५ रेक्टर स्कलेको भूकम्पबाट अकल्पनीय क्षति भएको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया