• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    भारतसँग मैत्रीपूर्ण फुटबल खेलेर स्वदेश फर्कियाे नेपाली टाेली

    727
    SHARES


    काठमाण्डाै । भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेर आज नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता भएको छ ।

    प्रशिक्षक अनन्तराज थापा पहिलो पटक महिला प्रशिक्षकको रूपमा नियुक्त भएपछिको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी भएर टोली आज स्वदेश फर्किएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बाप्पोले मैत्रीपूर्ण खेल नेपाली टोलीका लागि अनुभव सँगाल्ने राम्रो अवसर भएको प्रतिक्रिया दिइन् ।

    उनले पहिलो खेलमा पछि परेको अवस्थामा पनि पुनरागमन गर्नसक्नु टाेलीकाे प्रदर्शनमा सुधार भएको टिप्पणी गरिन् । राम्रो पुनरागमन गर्नमा सबै खेलाडीले आ-आफ्नो ठाउँबाट राम्रो खेलेको उनले बताइन् रहेको छ ।

    कप्तान तुम्बाप्पाेले आयोजक टोलीले उमेर समूहका विभिन्न प्रतियोगिता खेल्दै अनुभव लिए पनि उनीहरूविरुद्ध राम्रो नतिजा निकाल्दा आफू सन्तुष्ट रहेको बताइन् ।

    उनले प्रिति राई बिरामी हुनाले अपेक्षाअनुसारको खेल्न नसकेको र गीता राना चोटग्रस्त हुँदा केही कठिन भएको पनि बताइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ