• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश

    चितुवाको छालासहित कैलालीबाट २ जना पक्राउ

    0.9K
    SHARES



    कैलाली। कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा अछामको पञ्चदेवल बिनायक नगरपालिका-६ का ३६ वर्षीय तुलबहादुर बि.क‍. र जुम्लाको तातोपानी गाउँपालिका- ४ राउतवाडा का ५० वर्षीय तुलबहादुर खत्री रहेका प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले उनीहरुलाई कुइनेबाट चिसापानीतर्फ जाँदै गर्दा चिुतवाको छालासहित से ५ प ८०३१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको बताए ।

    उनकाअनुसार प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले खत्रीसँग रहेको झोला चेक गर्दा लम्बाई ७ फिट १० ईन्च र चौडाई ४ फिट ७ ईन्च भएको चितुवाको छाला बरामद गरेको बताएका छन् ।

    उनीहरुको साथबाट बन्यजन्तुको जस्तो देखिने विभिन्न भागका गरेर २ किलो ९५० ग्राम हड्डी समेत बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप आवस्यक अनुसन्धान भइरहेको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया