काठमाडौँ। आगोमा जलेर गुल्मीका ८३ वर्षीया महिलाको मृत्यु भएको छ ।
गुल्मीको इस्मा गाउँपालिका-१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकले ।
आइतबार उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जङ्ग खत्रीले जानकारी दिए ।
घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा-१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए ।
प्रतिक्रिया