• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको ४५ जना सवार बस दुर्घटना

    1.3K
    SHARES



    पोखरा । पोखराको बेगनास-पोखरा सडकखण्डमा बस दुर्घटना भएको छ ।

    करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र थप जानकारी आउन बाँकी रहेको कास्की प्रहरीले बताएको छ । बस बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

    कास्की प्रहरीका निरीक्षक ज्ञान खड्काका अनुसार अहिले घाइतेको अवस्था एकीन भइसकेको छैन भने घाइतेको उपचारका लागि अस्पताल लगिँदै छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया