• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    दिल्ली र मुम्बईमा रहेका ट्वीटर कार्यालय बन्द

    398
    SHARES


    काठमाडौं । ट्वीटरले भारतमा रहेका आफ्ना दुईवटा कार्यालय बन्द गरेको छ ।

    कम्पनीले दिल्ली र मुम्बईमा रहेका आफ्ना कार्यालय बन्द गरी त्यहाँ कार्यरत कर्मचारीलाई घरबाटै काम गर्न भनेको हो । यद्यपि बैंगलोरमा रहेको ट्वीटरको एउटा कार्यालय भने सञ्चालनमै रहनेछ ।

    गत वर्ष ट्वीटर कम्पनी खरीद गरेसँगै एलन मस्कले कर्मचारी कटौतीदेखि अन्य विभिन्न खालका निर्णयहरु गरिरहेका छन् । मस्कले यसअघि नै भारतमा कार्यरत ट्वीटरका ८० प्रतिशत कर्मचारी कटौती गरिसकेका छन् ।

    अन्ततः उनले दिल्ली र मुम्बईमा रहेका ट्वीटरका कार्यालय नै बन्द गर्ने निर्णय गरेका हुन् । मस्कले ट्वीटरका अफिस बन्द गर्ने निर्णय गरेको भारत पहिलो देश होइन ।

    यसअघि पनि विभिन्न मुलुकमा रहेका ट्वीटरका कार्यालयहरु बन्द भैसकेका छन् । भारतस्थित दुई कार्यालय बन्द गर्ने कार्य ट्वीटरको खर्च कटौतीकै कदमको रुपमा रहेको छ ।

    स्मरण रहोस् आर्थिक संकटका कारण ट्वीटरले सनफ्रान्सिस्को तथा लण्डनस्थित कार्यालयहरुको भाडा समेत तिर्न सकेको थिएन ।

    जसका कारण कन्ट्रयाक्टरहरुले ट्वीटरमाथि मुद्दा हालेका थिए । ट्वीटर कम्पनी लामो समयदेखि घाटामा चलिरहेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ