News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

ओलीद्वारा नातामा भाउजु पर्ने दुर्गी खड्काको खुकुरी प्रहार गरि हत्या

0.9K
SHARES


सल्यान। सल्यानमा एक महिलाले भाउजु नाता पर्ने महिलालाई खुकुरी प्रहार गरेकी छन् ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ मुलखोला बस्ने प्रेम ओलीकी श्रीमती ३१ वर्षीया दुर्गा ओलीले नातामा भाउजु पर्ने दुर्गी खड्कालाई शनिबार बेलुका खुकुरी प्रहार गरेकी हुन् ।

खुकुरी प्रहारबाट दुर्गीको घाँटीको बायाँ भाग र कान काटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताएका छन् ।

आपसमा भएको सामान्य विवादका कारण आवेशमा आएर दुर्गा ओलीले दुर्गी खड्कालाई खुकुरी प्रहार गरेको उनले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते भएकी दुर्गी खड्काको जिल्लाको शारदा नगरपालिका १ श्रीनगरस्थित परोपकार अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको र अहिले उनको नर्सिङ होममा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने दुर्गा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको तर खुकुरी नभेटिएको सूचना अधिकारी प्रहरी निरीक्षक खनालले बताए ।

 

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया