• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

    614
    SHARES



    काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्न गइरहेको छ ।

    देशको समसायिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरण लगायतको विषयमा छलफल गर्न बैठक बोलाएको जसपाका प्रवक्ता मनिष सुमनले बताएका छन् ।

    जसपाले उपराष्ट्रपतिमा दावी गर्दै आइरहेको छ । सत्ता गठबन्धनमा उपराष्ट्रपति माओवादी केन्द्रको भागमा परेकाले जसपाले उपराष्ट्रपतिले पाउने नपाउने टुंगो छैन ।

    फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको चुनाव हुने भएको छ । राष्ट्रपति र उपराष्ट्रपति चुनावमा पार्टीका भूमिकाबारे छलफल हुनेछ ।

    साथै, जसपाले नेकपा एकीकृत समाजवादीलगायत अन्य साना दलहरुसँग पनि एकीकरणका लागि छलफल गरिरहेको छ ।

    विभिन्न पार्टीसँगको एकता प्रक्रियाका विषयमा समीक्षात्मक छलफल हुने बताइएको छ । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा ११ वजे बस्ने छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया