• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली

    हेलिकोप्टरद्वारा उद्धार गरिएकी सुत्केरीको मृत्यु

    2.9K
    SHARES



    कालीकोट। जिल्ला अस्पताल कालीकोटबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरी महिलाको ९ दिनपछि हिंजो निधन भएको छ।

    तिलागुफा नगरपालिका ७ कि ३४ वर्षीया नन्दा विष्ट रावतको अत्यधिक रक्तश्राप भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

    अत्यधिक रक्तश्रापका कारण थप उपचार गर्न हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । हिजो नन्दाको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा निधन भएको स्वास्थ्यसेवा कार्यालय कालिकोटमा कार्यरत प्रकाश अधिकारीले बताए ।

    अत्यधिक रक्तस्राव भएपछि जिल्लामा उपचार सम्भव नभएकाले सुर्खेत पठाइएको थियो । उनको अप्रेशन गरिए पनि स्वास्थ्यमा सुधार नाएरै  निधन भएको हो ।

    स्वास्थ्यसेवा कार्यालय कालीकोटका प्रमुख डाक्टर रत्नवीर सुनारले बिहान मात्र प्रदेश अस्पतालका डाक्टरसँग कुरा भएको र खतरा छ भनेपछि बिकल्प बारेमा कुरा हुँदैगर्दा नन्दाको मृत्यु भैसकेको बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया