• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    शीर्ष स्थानको बायर्न ३-२ गोल अन्तरले पराजित

    1.3K
    SHARES



    काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति भएको खेलमा बायर्नलाई बोरुसिया मन्छेनग्लाडबाखले ३-२ गोल अन्तरले हराएको हो ।

    खेलको आठौं मिनेटमा डायोट उपामेकानोले रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटियो । खेलको १३ औं मिनेटमा लार्स स्टिनडलले गोल गर्दै मन्छेनग्लाडबाखलाई सुरुआती अग्रता दिलाए ।

    ३५ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ५५ औं मिनेटमा जोनास होफ्म्यानले गोल गर्दै मन्छेनग्लाडबाखलाई २-१ को अग्रता दिलाए ।

    ८४ औं मिनेटमा मार्कुस थुरामले गोल गर्दै मन्छेनग्लाडबाखलाई ३-१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा बायर्नका म्याथस टेलले गोल गरेपनि मन्छेनग्लाडबाख ३-२ ले विजयी भयो । जितसँगै मन्छेनग्लाडबाखले २१ खेलमा २९ अंक जोडेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया