• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    यस्तो छ चीन र अमेरिकाबीचको बेलुन विवाद

    766
    SHARES



    काठमाडौँ। बेलुन विवादका कारण अमेरिका र चीनबीच अविश्वास बढ्दै गएको छ । बढ्दो विवादकाबीच अमेरिकाले राष्ट्रिय सुरक्षा टोलीलाई शङ्कास्पद वस्तु पत्ता लगाउन निर्देशन पनि दिएको छ ।

    राष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रिय सुरक्षा टोलीलाई वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।

    पछिल्लो अनुसन्धानमा यसअघि अमेरिकी आकाशमा फेला परेका ती वस्तु मौसम अध्ययन गर्ने वा अन्य वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने संस्थासँग सम्बन्धित रहेको देखिएको थियो ।

    चीनले अमेरिकी आकाशमा भेटिएका बेलुन जासुसी नभएको दाबी गर्दै आएको छ भने चीन अमेरिकाबीच विवाद भइरहेका बेला ताइवानको आकाशमा पनि चिनियाँ बेलुनले जासुसी गरिरहेको खबर सार्वजनिक भएको थियो ।

    तर यसबारेमा ताइवानको रक्षा मन्त्रालयले भने चिनियाँ मौसमसम्बन्धी बेलुन देखिएको बताएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ