• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    चीनमा हुने एसियन गेम्सका लागि करातेको छनोट सुरु

    881
    SHARES



    काठमाडौं । चीनमा आयोजना हुने एसियन गेम्सका लागि करातेको प्रारम्भिक खेलाडी छनोट सुरु भएको छ ।

    सातदोबाटोस्थित कराते एकेडेमीमा शनिबारबाट करातेको खेलाडी छनोट सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले छनोटको उद्घाटन गरेका छन् ।

    शनिबार एकल काता पुरुष, महिला र पुरुष ६० केजी तौल गरि ३ स्पर्धाबाट १२ खेलाडी छनोट भएका छन् । पुरुष एकल काताबाट पहिलो भएका एपीएफका स्वर्निभ मानन्धर, दोस्रो भएका पुलिसका प्रविन मानन्धर, तेस्रो भएका पुलिसका महशुस मोक्तान तथा बागमतीका रेहन जावेद छनोट भए ।

    महिला एकल कातामा पहिलो भएकी पुलिसका चन्चला दनुवार, दोस्रो भएका कर्णालीका एलिसा मगर, तेस्रो भएका पुलिसका सरु कार्की र आर्मीका रिना श्रेष्ठ छनोट भए ।

    पुरुष ६० केजीमा पुलिसका सोनाम लामा पहिलो हुँदै छनोट हुँदा दोस्रो भएका आर्मीका बिजय रिमाल, तेस्रो भएका एपीएफका सुबिन खत्री र बागमतीका रिकेश भण्डारी छनोट भए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ