• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विमान अवतरण हुनै लाग्दा रनवेमा केटाकेटी कुदेपछि…

    7.2K
    SHARES


    विराटनगर । विराटनगर विमानस्थलमा आज दिउँसो स्थानीय केटाकेटीको एक हुल रनवेमा प्रवेश गरेपछि श्री एयरलाइन्सको विमान अवतरणका लागि केही बेर होल्ड गर्नुपर्यो ।

    एयरपोर्टको दक्षिणतिरबाट ७-८ वर्षका केटाकेटी एक्कासि रनवेमा प्रवेश गरेका थिए । विराटनगर विमानस्थलका निमित्त प्रमुख युवल बरालका अनुसार सोही कारण श्री एयरलाइन्सको जहाज अवतरणका लागि ४ मिनेट जति होल्ड गर्नुपरेको जनाइएको छ ।

    ‘विमान अवतरण हुनै लाग्दा बच्चा छिरेको देखियो, अनि केही समय विमान आकाशमै घुम्नुपरेको हो,’ बरालले भने, ‘दिउँसो साढे ४ बजेतिरको समयमा फेन्सिङ साइडबाट ३-४ जना केटाकेटी छिरेछन् ।

    उनीहरु स्थानीय हुन् र उनीहरुलाई नियन्त्रणमा लिएपछि जहाज आयो फेरि उडेर गयो । केही भएन । ठूलो केही भएको होइन ।’ उनीहरुलाई सम्झाइबुझाई गरेर अभिभावकको जिम्मा लगाइएको पनि बताइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ