• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कराचीमा भएको आक्रमणमा ३ सुरक्षाकर्मीसहित ४ जनाको ज्यान गयो

    0.9K
    SHARES
    Policemen take position near the site of an attack to a police compound in Karachi on February 17, 2023. A gunbattle was raging inside a Pakistan police compound in the port city of Karachi in which Pakistan's Taliban claimed responsibility for the attack. (Photo by STRINGER / AFP)



    काठमाडौँ। पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीसहित चार जनाको ज्यान गएको छ ।

    दक्षिणी सहर कराचीमा रहेको प्रहरी मुख्यालयमा गएराति तालिबानी समूहको आक्रमणमा परि ३ सुरक्षाकर्मी र १ नागरिकको ज्यान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    ६/७ जनाको सङ्ख्यामा रहेका आक्रमणकारी समूहले प्रहरी मुख्यालयमा प्रवेश गरी गोली चलाएका थिए । सुरक्षाकर्मीले प्रतिकार गर्दा केही घाइते भएका छन् । सहरका अरु क्षेत्रबाट प्रहरी प्रधान कार्यालय कराचीमा थप सुरक्षाकर्मी पठाइएको छ ।

    पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले ट्विट गरी आक्रमणको जानकारी दिनुभएको छ । साथै उहाँले कराची प्रहरी मुख्यालयमा भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन्। यो आक्रमणको तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले जिम्मा लिएको बीबीसी हिन्दीले जनाएको छ ।

    गएको नोभेम्बरदेखि पाकिस्तानी तालिबानले सरकारसँगको एक महिने युद्धविराम एकतर्फी रुपमा समाप्त भएको घोषणा गरेसँगै आक्रमण र विस्फोटका घटना बढ्न थालेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ