• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    भूकम्प प्रभावित माथि अर्को समस्या, आगलागी हुँदा सात जनाको ज्यान गयो

    1.1K
    SHARES



    काठमाडौँ।  भूकम्पबाट प्रभावित मध्य टर्कीमा आगलागी हुँदा सात जनाको ज्यान गएको छ । मध्य सहर कोन्यामा अस्थायी आश्रयस्थलमा रहेका सात जना भूकम्पपीडितको आगलागीमा परेर ज्यान गएको हो ।

    ज्यान गुमाउनेहरु सिरियाली परिवारका सदस्यहरू रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । रातको समयमा विद्युतीय हिटर वा स्टोभबाट आगलागी भएको हुनसक्ने अनुमान छ ।

    सन् २०११ मा अरब देशमा गृहयुद्ध सुरु भएपछि लाखौँ सिरियाली शरणार्थीहरू अहिले टर्कीका विभिन्न सहरमा बसिरहेका छन् । टर्की र सिरियामा गएको भूकम्पका कारण शरणार्थीहरु थप समस्यामा परेका छन् ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ