News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

काठमाडौं महानगरको संरचनामा सुकुम्बासीको डोजर

495
SHARES


काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध संरचनामा डोजर चलाएको केहि समय नबित्दै महानगरको संरचनामा सुकुम्बासीले डोजर चलाएका छन्  ।

मनोहरा क्षेत्रमा महानगरको संरचनामा सुकुम्बासीले डोजर चलाएका हुन् । आयोजनाको उपनिर्देशक निर्मलराज बरालका अनुसार यो काठमाडौं महानगर र मध्यपुर ठिमी नगरपालिबाट संयुक्त रुपमा २१ सय रोपनी सञ्चालित आयोजना हो ।

आयोजनाले मनोहरा खोलामा स्वीकृत डीपीआर अनुसार बाटो खोल्ने, रिटर्निङ वाल लगाउने, ढल बिछ्छाउने काम गर्दै आइरहेको छ ।

त्यसक्रममा काठमाडौं वडा नम्बर ३२ को मनोहरा खोला किनारको डीपीपआर अनुसारको बाटोमा रिटर्निङ वाल लगाएको थियो । तर वर्षामा बस्तीमा खोला छिर्ने भन्दै विवाद गरे ।

आयोजनाका अधिकारीहरु हुँदै छलफल गरेर अघि बढ्ने भनेर फर्किए । तर छेउमै रहेको सुकुम्बासी बस्तीका मानिसहरुले ३ फागुनमा डोजर चलाएर १५० मिटरको पर्खाल भत्काएका छन् ।

उपनिर्देशक बरालका अनुसार भत्काएको पर्खालको फोटोसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिइएको छ । दुई दिनसम्म प्रशासनले चासो नदिएको भन्दै मेयर बालेन शाहले असन्तुष्टि जनाएका छन् ।

उनले साामाजिक सञ्जाल फेसबुकमासार्वजनिक संरचनामा अतिक्रमण रोक्न राज्यको माथिल्लो निकाय निरह भएको टिप्पणी गरेका हुन् ।

व्यक्तिको जग्गामा अनाधिकृत रुपमा बसिरहेका केहि व्यक्तिले खोलाको बाँध भत्काउन डोजर चलाएका भन्दै उनले लेखेका छन्, ‘राज्यको माथिल्लो तह निरिह भएर बसेको छ ।

गृह मन्त्रालय र सुरक्षा निकायले निजी जग्गालाई संरक्षण गर्न सुरक्षा दिन सक्दैन र त्यसलाई हडप्नेहरुले सार्वजनिक संरचनामा हुने अतिक्रमण रोक्न सक्दैन भने काठमाडौंको सुरक्षाको जिम्मा सोही व्यक्तिहरुलाई दिए हुन्छ ।’

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया