News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

आईसीसी विश्वकप क्रिकेट लिग २ : आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै

663
SHARES


काठमाण्डाै। आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दैछ ।

खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । हिजो भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले तथा पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् ।

नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अङ्कका साथ छैटौँ स्थानमा छ । नामिबिया ३२ खेलमा ३७ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । स्कटल्यान्ड ३४ खेलमा ४८ अङ्कसहित शीर्ष स्थानमा छ ।

सात वटा देश सहभागी लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एक दिवसीय मान्यता जोगिने छ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेछ । नेपालले यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा मङ्गलवार स्कटल्यान्डसँग खेल्ने भएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया